नेपाली युवा शितल वाग्लेको बलिउड म्युजिक भिडियो “सोनिया” सार्वजनिक
भारतको प्रतिष्ठित म्युजिक कम्पनि रेड रिबनको निर्माणमा अफिसियल म्युजिक भिडियो “सोनिया”भर्खरै रेड रिबनको युट्युब मार्फत सार्वजनिक भएको छ ।
यस म्युजिक भिडियोमा वाग्ले संगसगै कलाकारहरु एसेरा वर्मा, तानिया चटर्जि लगायतको पनि भुमिका रहेको छ । जसलाई नेपालको म्युजिक भिडियोमा रुचाईएका निर्देशक नितिन ले निर्देशन गरेका हुन् , चन्द लामो समय देखी भारतमै बसोबास गरिरहेका छन् ।
जसमा हर्मान नजिम र सरोदि बोहराको आवाज रहेको छ भने गित र संगित भने मास्म्याथको रहेको छ ।
रेड रिबनको यो युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयां अनुहारहरु मध्येबाट शितल वाग्लेलाई छानिएको निर्देशक चन्दले अवगत गराए।
यो अवसर आफुले पाएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनमा आफुलाई अझ निपुर्ण बनाउने कुरामा बिश्वस्त पार्दै यहि क्षेत्रमा केहि उत्कृष्ट कार्य गर्ने सोच रहेको कलाकार वाग्ले बताउंछन्।
वाग्लेलाई अन्य भारतिय परियोजनाहरुमा समेत देख्न पाईने निर्देशक चन्दले जानकारी गराएका छन् ।
Facebook Comments