• १८ मंसिर २०८०, सोमवार
  • १५ °C काठमाडौं
बिष्णु माझीको "चरी जेलैमा-२" तीज गीत युट्युबमा

काठमाण्डौ,साउन २५ । लोकप्रिय गायिका बिष्णु माझीको चरी जेलैमा भाग दुई को भिडियो युट्युबमा आएको छ । बुधवार अपरान्ह सपना म्युजिक इन्डस्ट्रिज बाट सार्वजनिक भएको उक्त गीतमा पुरानै मोडेल ललिता पौडेल छिन भने उक्त गीत को निर्देशन चर्चित निर्देशक शिव बिक ले गरेका छन ।

गीतका शब्द परिवर्तन भएपनी भाका एउटै राखिएको छ । तीज नजिकैदै गर्दा धेरैले बिष्णु माझीको गीतको प्रतिक्षा रहेको देखिन्थ्यो । पछील्लो बर्ष निकै चर्चामा रहेको भाका नै देहरिंदा माझीका फ्यानहरु अपेक्षा गरे अनुरुप गीत नआएको गुनासो गरीरहेका छन ।

सम्बन्धित समाचार

Facebook Comments