लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार
कार्तिक २ काठमाणडाैँ । लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियाे । सानो पर्दाका विभिन्न हास्य श्रृंखला मार्फत दर्शक माझ लोकप्रिय छन् कलाकार अधिकारी । उनको स्वास्थ्यमा राम्रो सुधार भएको जानकारीमा आयको छ । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।
Facebook Comments