डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु , थप ७६१ जना डेंगु सङ्क्रमित
कात्तिक २ काठमाणडाैँ । नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । मन्त्रालयका अनुसार डेंगु रोगबाट थप २ जनाको मृत्यु समेत भएको छ । हाल सम्म यसबाट ५१ जनाले ज्यान गुमाइसकेका छन् । यो सँगै देश भर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । साउन महिनादेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ ।
Facebook Comments