• १८ मंसिर २०८०, सोमवार
  • १५ °C काठमाडौं
विश्वकपः अमेरिकी फुटबल महासंघले खेल अघि इरानलाई चिढ्याउँदै

मंसिर, १३ काठमाडौं । मंगलबार राती फिफा विश्वकपको समूह 'B' मा रहेका अमेरिका र इरान बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल अघि इरान र अमेरिकाबीच लामो समयदेखि जारी शीतयुद्धको असरसमेत देखिएको छ । अमेरिकी फुटबल महासंघले इरानलाई चिढ्याउँदै आफ्नो सामाजिक सन्जालमा गरेको ग्राफिक पोष्टमा इरानको झण्डामा इस्लामिक गणराज्यको प्रतीक चिह्न हटाइदिएको थियो । इरानमा भइरहेको विरोधमा प्रदर्शनकारीको साथमा रहेको सन्देश दिन आफूले यो कदम उठाएको उसको भनाई छ । इरान सरकारले आफ्नो राष्ट्रिय झण्डामा भगवानको नाम हटाएको आरोपसहित आक्रोश व्यक्त गरिसकेको छ । अमेरिकी फुटबलले आइतबार विहान एक बक्तव्य जारी गर्दै इरानमा मानवअधिकारका लागि लडिरहेका महिलाको समर्थनका लागि सामाजिक सन्जालमा आधिकारिक झण्डा प्रयोग नगर्ने निर्णय भएको जनाएको थियो । अमेरिकी पुरुष फुटबल टिमको आधिकारिक ट्वीटर ह्याण्डलमा पोष्ट गरिएको समूह चरणका टिमहरुको ग्राफिक ब्यानरमा इरानको राष्ट्रिय झण्डामा केवल हरियो, रातो र सेतो रंगको प्रयोग गरिएको थियो । तर, आइतबार दिउँसो नै सामान्य झण्डासहितको व्यानर ‘रिप्लेस’ गरियो । महासंघले भन्यो, ‘हामी २४ घण्टाका लागि आफ्नो ग्राफिकका साथ इरानका महिलाहरुका लागि समर्थन दिन चाहन्थ्यौं ।’

सबै खेलाडीहरु सो पोष्टबारे जानकार रहेको बताए । ‘हामीलाई पोष्टको बारेमा केहि थाहा छैन तर, हामी सधैं महिला अधिकारका पक्षमा छौं । ‘हामी मंगलबारको खेलका लागि केन्द्रित छौं । अमेरिकी फुटबल महासंघको यो हर्कतका विरुद्धमा इरान फुटबल महासंघले त्यसबारे फिफाको इथिक्स कमिटीमा उजुरी गरेको छ र अफिसियललाई प्रतिबन्ध लगाउन माग गरेको छ । फिफा नियमको धारा १३ अनुसार कुनै पनि व्यक्तिले कुनै देश, कुनै व्यक्ति या समूहको गरिमा, अखण्डतामा ठेस पुर्याएमा कम्तिमा १० खेलको प्रतिबन्ध वा एक निश्चित अवधि वा कुनै अन्य उचित अनुशासनको कारबाहीस्वरुप निलम्बन गर्न सक्नेछ,’ इरान फुटबल महासंघका एक कानूनी सल्लाहकारले इरानको समाचार एजेन्सीसँग भने । 

सम्बन्धित समाचार

Facebook Comments