बेथानचोक बस दुर्घटना क्षतिपूर्ति माग गर्दै घाइते र मृतकका आफन्तद्वारा यातायात अवरुद्ध
मंगलबार २८ काठमाडौँ — मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६:१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो । बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा–११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो । पल्टिएर बसले थिचेर धेरैले ज्यान गुमाएको स्थानीयको भनाइ छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा पुगी घाइतेहरुको उद्धार गरिएको थियो ।
काभ्रेको बेथानचोक गाउँपालिका ४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनाबाट मृत्यु भएकाहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र घाइतेले पनौतीबाट चल्ने सार्वजनिक यातायात अवरुद्ध गरेका छन् । उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै पनौतीस्थित ठाडोबाटोमा सडक अवरुद्ध गरेका हुन् ।
Facebook Comments