रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाए
माघ, १३ काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।
रबि लामिछानेको सांसद र मन्त्री पद खारेज भएसंगै सामाजिक संजालमा पक्ष र विपक्षमा बहस सुरु भएको छ। उनको 'पद' गएको हो, 'प्राण'गएको होइन। प्रकृया पुर्याएर पुन नेपाली नागरिकता प्राप्त गरि उपचुनाव लडेर सांसद हुदै मन्त्री बन्ने सम्भावना कायम छ।धेरैलाई रविको नागरिकता खारेज हुन्छ भन्ने लागेको थिएन ।
Facebook Comments