• १८ मंसिर २०८०, सोमवार
  • १५ °C काठमाडौं
चर्चित गायिका शान्ति श्री परियाको स्वर र उर्मीला ढुङगाना सुबेदीको शब्द रचना रहेको मौलिक तिज गीत  “बरिलै माईती कै याद आको" सार्वजनिक – (भिडितयो सहित)

काठमाडौं १४ गते । यो वर्षको तीज पर्व नजिकिए सँगै कलाकारका युट्युबमा पनि पछिल्लो सामाग्रीमा तीज गीत नै भेटिन्छन् । यति बेला बजारमा तीजको गीतको एउटा बहार नै आएको छ । बजारमा गीतको होडबाजीको दोहोरी चलिरहेको छ । तीज गीत भन्ने बितिकै तीज पर्वका अवसरमा महिलालाई केन्द्रमा राखेर मूलतः महिलाद्वारा गाइने गीत हो । यस्ता गीतमा महिलाका इच्छा–आकांक्षा र अनुभव अभिव्यक्त हुन्छन् वा भनौं हुनैपर्छ । तर बजारमा आएका अधिकांश गीत हेर्दा सुन्दा दोहोरी गीत भेटिएका छन् । तीजको वास्तविक मर्म समावेश गरिएका गीत कमै छन् । सबै त्यस्ता पनि छैनन् तीजको संस्कृती र मर्मलाई जीवन्त राखिएका केहि गीत पनि सार्वजनिक भएका छन् ।

चर्चित गायिका शान्ति श्री परियाको स्वर, उर्मीला ढुङगाना सुबेदीको शब्द रचना , वि.पि. वाग्लेको संगीत र भद्र वलीकाे एरेन्ज रहेको मौलिक तिज गीत 'माईती कै याद आको' मिसन इन्टरटेनमेण्ट युटूव च्यानलबाट  (भिडियो सहित) बजारमा आएको छ । भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ः

 

यस तिज गीतमा लोकप्रिय मोडल अन्जली अधिकारीको आकर्षक नृत्य देख्न सकिन्छ । अविशेक वाग्लेको निर्देशन तथा नृत्य निर्देशन, भिडियोमा रक कौसलको छाँयाकन र ओम प्रकाश अवस्थीको सम्पादन रहेको छ । 

 

समाज परिर्वतनको प्रभावकारी सेवा मानिने गीतहरु सरल सभ्य संस्कृती झल्काउने सकारात्मक सन्देश दिने हुनुपर्छ । यस गीतले पनि चेलिलाई माइतीको कति माया हुन्छ । घरमा परिपूर्णता हुँदा हुदै पनि माईत जाने, बालापनको साथि संगी संग रमाउने, आमाले बनाएको खाने कुरा माउदै खाने जस्ता कुराले सताई रहन्छ तर माइती जान सम्भव नभएपछि आफ्नै घरमा नन्द अमाजुसंग रमाउदै तीज मनाउदै खुशी हुदै ब्रत बस्ने मन्दिर जाने, तीजको गीत गाउने नाच्ने, सेल्फी खिच्ने, टिकटक बनाउने कुराहरु गीतमा समावेश छन् । यसैगरि यो सालको तीज विशेष बनाउदै रमाइलो गदैँ, साथीहरुसंग छुट्न मन नहुँदा पनि समयको पावन्दिलाई नाह्न नसकेर छुट्टीनु परेको पीडा पनि व्यक्त गरिएको छ ।

 

सम्बन्धित समाचार

Facebook Comments