संगीतकार वाग्ले शिक्षा मन्त्रीबाट सम्मानित .
शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय अशोक कुमार राई तथा राज्यमन्त्री माननीय प्रमिला कुमारीबाट संगीतकार वि.पी. वाग्ले सम्मानित भएका छन् । ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा सानोठिमी, भक्तपुरमा आयोजित एक समारोहमा भाद्र २२ गते, शुक्रबारका दिन उनलाई सम्मान गरिएको हो ।
साक्षरता तथा निरन्तर शिक्षाको प्रवद्र्धनका लागि पक्कै अब बन्ने छ, साक्षर नेपाल भन्ने बोलको सचेतना तथा संदेशमूलक गीतमा संंगीतकारको भूमिका निभाई, साक्षर नेपाल अभियान सफल बनाउन निरन्तर रूपमा उनले गरेको प्रशंसनीय कार्य एवम् नेपाली सांगीतिक क्षेत्रलाई दुईदशक देखि गीतसंगीतले उर्वर बनाउँदै सामाजिक जागरण सँगसँगै समग्र साँस्कृतिक क्षेत्रमा उनले पु¥याएको उल्लेखनिय योगदानको कदर गर्दै वाग्लेलाई सो सम्मान गरिएको हो ।
वर्दियाको साविक जमुनी गाविस, वडा नं. ७ मा जन्मेका वाग्ले नवलपरासीको गैडाकोटमा वसोवास गर्दै, राजधानिलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् । उनी लामो समय देखि शिक्षा, खेलकुद तथा वालवालिका सम्बन्धी सामाजिक जागरण, सन्देशमूलक तथा मौलिक गीतसंगीतबाट समाजमा संदेश प्रवाह गर्न लागि परेका छन् । त्यसैगरी पर्यटन प्रवद्र्धनमा पनि उनले महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
विशेष गरि सामाजिक चेतना, संदेश र रुपान्तरणका लागि खोजमूूलक गीत संगीतमा रुची राख्ने संगीतकार वाग्ले ले म छहारी हूँ तिम्रो, के भो गल्ती, यो ज्यान मेरो नेपाल, आज भोली, रारा ओ रारा, बरिलै माईती कै याद आको, हामी खेलाडी, आवारा, बाँचुञ्जेली ढाँटी छली खान नपरोस, कोरेर मिठा भावहरु, बनौं साहारा, मेरो प्राण तिमी नै, तराई पहाड हिमाल, पक्कै अब बन्ने छ जस्ता फरक–फरक विषयबस्तुका गीतहरुमा संगीत दिई सकेका छन् भने साना–साना बालबालिकाको मनोविज्ञान संगै मनोरञ्जन र क्षमता विकासमा सहयोगी बन्ने छ भन्ने विश्वासले खोज अनुसन्धान पछि बाल गीतहरुमा संगीत भरेर छिट्टै सार्वजनिक गर्ने तैयारिमा रहेका छन् ।
Facebook Comments