• १८ मंसिर २०८०, सोमवार
  • १५ °C काठमाडौं
सामाजिक कार्यमा संधै अग्रसर माननीय विमला गौचन

काठमाण्डौँ आसोज २ । हरितालिका तिजको अवसरमा महिला नृत्य एवम् महिला भलिबल, गण्डकी प्रदेश माननीय विमला गौचन ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
भूमी युवा क्लव, अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा एक साता सम्म संचालीत उक्त कार्यक्रम गत सोमबार सम्पन गरिएको थियो । तिज गीत नृत्य एवम् महिला भलिवल प्रतियोगीतामा म्याग्दी जिल्ला भरिबाट सहभागी प्रतिसप्रधि बीच प्रतिस्प्रधा भएको थियो । भने तिज गीत नृत्य तर्फ १८ वटा महिला ग्रुपले भाग लिएका थिए ।
विगत केहि दशक देखि निरन्तर विशेष गरी म्याग्दी जिल्ला बासी एवम् गण्डकी प्रदेश बासीका समस्या, दुःख सुखमा संधै जुन सुकै परिस्थतिमा पनि सामाजिक अभियन्ताको रुपमा सहयोगी भूमिका खेल्नुहुने प्रमुख अतिथि माननीय. गौचनले कला, संस्कृतिको जर्गेना, दिदि बहिनी महिलाहरुको प्रमुख चार्डलाई बचाइ राख्न, आफ्नो संस्कारलाई संसार भरि फैलाउन र निरन्तरता दिन एक आपसमा सद्भाव बनाई राख्न तिज जस्ता चार्डपर्वले महत्वपूर्ण भूमिका खेल्ने भएको हूँदा अहिले र आगामी दिनमा पनि आफ्नो व्यक्तिगत एवम् प्रदेश सरकार मार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रमको विशेष अतिथिमा एन आर एन का प्रवक्ता शिव बडुवालको उपस्थीती रहेको थियो भने देश विदेशमा रहनुहुने मनकारी व्यक्तित्व संघ–संस्थाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments