• २१ असोज २०८१, सोमवार
  • १६ °C काठमाडौं
प्रदेश गाैरवका आयोजनालाई पूरा गर्ने प्रतिवद्धता : मुख्यमन्त्री महरा

काठमाडौँ  ३ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले विगतका सरकारले अघि बढाएका प्रदेश गाैरवका आयाेजनालाई वर्तमान सरकारले पूरा गर्ने बताएका छन्।राजधानी निर्माण लगायत सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ लगायतका क्षेत्रमा थालिएका प्रदेश गाैरवका आयाेजनालाई गति दिइने प्रतिवद्धता उनले व्यक्त गरे। लुम्बिनी प्रदेश सरकारले अघि बढाएका राम्रा र गाैरवका आयाेजनालाई पूर्णता दिन हामीले ध्यान दिन्छौं ।  उनले भने याेजना सुरु गर्ने तर पूरा नगर्ने प्रवृत्ति राेक्न चाहन्छौं।

शितगंगा नगरपालिका-३ ठाडामा साेमबार भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशका १२ जिल्लाकाे राजधानीमा सहज पहुँचका लागि सडक सञ्जालले जाेड्नेगरी काम भइरहेकाे जानकारी मुख्यमन्त्री महराले दिए। यस्तै, मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कार्यसम्पादनलाई तीव्र पार्ने र जनतामा आशा जगाउने बताए।

सम्बन्धित समाचार

Facebook Comments