27th October 2026, Tuesday

आज मन्त्रिपरिषद् बैठक बस्दै

Post Image
1 महिना अगाडी

News by: MissionSanchar

१८ भदौ, काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। प्रधानमन्त्री बालेन शाहको आह्वानमा दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि गत १२ भदौमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। आजको बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।


No ad available.


No ad available.