8th November 2025, Saturday
News by: MissionSanchar
काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनका संस्थापक स्व हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ ।
बिहिबार नेपाल जनप्रशासन सङ्घ र साल्टट्रेडिङले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई सो सम्मान प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशि रु दुई लाख र सम्मानपत्र रहेको छ ।
न्यायिक नेतृत्व र तयसको संस्थागत विकासमा पु¥याउनुभएको योगादन स्वरुप श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ ।सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदरस्वरुप उहाँलाई यो सम्मान प्रदान गरिएको हो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
सो अवसरमा प्रधानन्यायाधीश राउतले श्रेष्ठ नेपालको सिङ्गो न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामथ्र्य राख्ने व्यक्तित्वका रुपमा रहनुभएको बताउनुभयो । पुरस्कृत व्यक्तित्व श्रेष्ठले राज्यका विभिन्न अङ्ग, निकाय र तहले जवाफदेही ढङ्गबाट सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन कायम गर्न कठिन भइरहेको जनाउँदै त्यसतर्फ सरोकारवालाको ध्यान पुग्नुपर्ने बताउनुभयो । पुरस्कार छनोट समितिका संयोजक मैनालीले संस्थागत नेतृत्व क्षमता, दृढता, बौद्धिकता र विवेकको उच्च मूल्याङ्कन गर्दै उहाँलाई पुरस्कारका लागि सिफारिस गरिएको बताउनुभयो ।
कर्पोरेशनसका अध्यक्ष प्रदीपलाल श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिनुभएको योगदनाको कदर गर्दै २०५९ सालमा सो सम्मान स्थापना गरिएको हो ।
सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पु¥याउनुहुने व्यक्ति वा संस्थालाई बर्षेनी हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
मधेश प्रदेश सभा बैठक अवरुद्ध
स्वास्थ्य बीमाः अब देशको जुनसुकै स्थान पहिलो सेवाविन्दु
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।