1st March 2026, Sunday
News by: MissionSanchar
काठमाडौं । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२र८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरुले आज पनि पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।
सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।शनिबार बसेको प्रदेशसभा बैठकमा प्रतिपक्ष दलले विरोध गरेपछि छैटौं दिन पनि स्थगित भएको हो । बैठक सुरु भएपछि माओवादी नेता युवराज भट्टराईले आगामी आर्थिक वर्षको बजेटमा देखिएको त्रुटि सच्याउन बनाएको कार्यदल गठनमा असहमति जनाएर विरोध गरेका थिए ।
मुख्यमन्त्री सतीशकुमार सिंहले प्रतिबद्धता जनाएअनुसार कार्यदल गठन नभएको उनको भनाइ छ । भट्टराईले बजेटमा बिचौलियाको प्रवेश भएको विषयमा छानबिन गर्न वा भएको त्रुटि सच्याउन बनाइएको कार्यदलमा मन्त्रीलाई राखेकोमा आपत्ति जनाए । उनले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म संसद चल्न नदिने जानकारी गराए ।
मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा सभामुख मण्डलले आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई पनि राखिएपछि विवाद भएको हो । सभामुख मण्डलले बजेटको विषयको विवाद छलफलकै माध्यमबाट टुंग्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध