28th July 2026, Tuesday
News by: MissionSanchar
काठमाडौँ — अब बीमितले सेवा लिनका लागि अनिवार्य रूपमा पहिले तोकेको ‘पहिलो सेवा विन्दु’मा जानुपर्ने बाध्यता हटाइएको छ। स्वास्थ्य बीमा बोर्डले बिहीबार सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने नयाँ व्यवस्था अनुसार बीमितले बोर्डबाट अनुमतिप्राप्त जुनसुकै सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने जनाएको हो।
अघिल्लो व्यवस्था अनुसार बीमितले बीमा दर्ताको बेला एक निश्चित सेवा केन्द्र तोक्नुपर्ने र त्यसबाहेक अन्य स्थानमा सेवा लिन जाँदा कठिनाइ हुने गुनासाहरू आइरहेका थिए। विशेषगरी घरभन्दा टाढा रहेका, यात्रा गरिरहेकाहरूले स्वास्थ्य सेवा पाउन कठिनाइ भोग्दै आएका थिए।
बोर्डले बीमितहरूको यस्तो समस्यालाई सम्बोधन गर्दै बीमा प्रणालीलाई थप सहज, लचिलो र पहुँचयोग्य बनाउन यो परिवर्तन गरेको जनाएको छ।
बोर्डद्वारा जारी सूचनामा भनिएको छ, “२०८१ साल साउन १ गतेदेखि लागू हुने गरी, अब बीमितहरूले अनुमतिप्राप्त जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन्।”
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध