1st March 2026, Sunday
News by: MissionSanchar
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले बुधबार पदभार ग्रहण गर्ने क्रममा क्याम्पस परिसरमा विरोध प्रदर्शन चर्किएको थियो। उनी उपकुलपति कार्यालयमा प्रवेश गर्न लाग्दा नै बाहिर विद्यार्थी सङ्गठनहरू, विशेष गरी नेविसंघ र अखिल (क्रान्तिकारी) का कार्यकर्ता विरोधमा उत्रिएका थिए।
कार्यभार ग्रहण भित्र भइहेको समयमा, माओवादी निकट अखिल (क्रान्तिकारी) ले उपकुलपतिसँग छलफलको माग गरेको थियो। यद्यपि, सुरक्षाको कारण देखाउँदै प्रहरीले उपकुलपतिलाई कार्यालयमा प्रवेश गराएर कार्यक्रम सकाएर बाहिर लग्यो। सो क्रममा आक्रोशित कार्यकर्ताहरूले नेमप्लेट फालिदिए र कुर्सी समेत हटाइदिए।
क्रान्तिकारी संगठनले उपकुलपति नियुक्ति प्रक्रियामा मेरिटोक्रेसीको बेवास्ता गर्दै राजनीतिक भागबन्डा गरिएको आरोप लगाएको छ। उनीहरूले यसअघि नै त्रिवि पदाधिकारीहरूलाई प्रवेश निषेध गरेका थिए, विशेषतः फास्ट ट्र्याकमार्फत १३० प्रोफेसरको नियुक्ति प्रक्रिया विरुद्ध। क्रान्तिकारीको आरोप छ कि यिनै नियुक्ति कार्यान्वयन गर्न अर्याललाई नियुक्त गरिएको हो।
यता, नेविसंघले पनि राजनीतिक सिफारिसका आधारमा उपकुलपति नियुक्त भएको भन्दै आपत्ति जनाएको छ। उनीहरूले उपकुलपतिले स्पष्ट भिजन पेपर सार्वजनिक नगरेसम्म कार्यालय प्रवेश नदिन चेतावनी दिएका छन्। अर्कोतर्फ, एमाले निकट अनेरास्ववियु भने अर्यालको समर्थनमा देखिएको छ, किनभने अर्याल एमालेप्रति आस्थावान मानिन्छन्।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध