28th July 2026, Tuesday

बजेट कार्यान्वयनलाई तीव्र बनाउन अर्थमन्त्री वाग्लेको पहल, मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय समीक्षा

Post Image
1 हप्ता अगाडी

News by: MissionSanchar

काठमाडौँ, श्रावण ४ । 

चालू आर्थिक वर्ष २०८३/८४ को बजेटलाई प्रभावकारी, परिणाममुखी र समयमै कार्यान्वयन गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।

अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा जारी बैठकमा बजेट कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोडिएका मन्त्रालयका सचिव तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। बैठकको अध्यक्षता अर्थमन्त्री वाग्लेले गरिरहेका छन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायको समेत उपस्थिति रहेको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात, उद्योग–वाणिज्य, कृषि तथा पशुपन्छी, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, गृह तथा रक्षा मन्त्रालयका सचिव तथा प्रतिनिधिहरू सहभागी छन्।

छलफलका क्रममा बजेटमा समावेश भएका कार्यक्रम तथा विकास आयोजनाको समयमै कार्यान्वयन, अन्तर मन्त्रालय समन्वय सुदृढीकरण, पुँजीगत खर्चको गति बढाउने उपाय तथा कार्यसम्पादनमा देखिएका चुनौती समाधानका विषयमा विस्तृत समीक्षा भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।


No ad available.


No ad available.