1st June 2026, Monday
News by: MissionSanchar
काठमाडौं, चैत ३० गते सानिमा बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र अभियानको सफलतालाई ध्यानमा राख्दै बससेवा क्यासब्याक योजना पुनः सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा पाउनेछन्। नेपालभित्रको यात्रामा १५ प्रतिशतसम्म (अधिकतम रु. २००) तथा भारत यात्रामा १५ प्रतिशतसम्म (अधिकतम रु. ४००) क्यासब्याक प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू रहनेछ। यस पहलमार्फत बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई थप प्रोत्साहन गर्दै ग्राहकहरूलाई सहज र लाभदायक सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ। साथै, नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने उद्देश्यले बैंकले यस्ता विभिन्न क्यासब्याक तथा छुट योजनाहरू सञ्चालन गर्दै आएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध