28th July 2026, Tuesday
News by: MissionSanchar
काठमाडौँ । सेयर बजारमा लगातार गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले मंगलबार नेपाल धितोपत्र बोर्डको कार्यालयमा प्रदर्शन गरेका छन्। बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बनेको र नियामक निकायले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै उनीहरू बिहानै देखि बोर्डको कार्यालय पुगेका हुन्।
प्रदर्शनका क्रममा लगानीकर्ताले बजारमा देखिएको निरन्तर गिरावट रोक्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा धितोपत्र बजारप्रति विश्वास कायम हुने गरी आवश्यक नीतिगत सुधार गर्न बोर्डसँग माग गरेका छन्।
पछिल्लो समय नेप्से परिसूचकमा लगातार गिरावट आउँदा साना तथा मध्यम लगानीकर्ता बढी प्रभावित भएका छन्। बजारको अस्थिर अवस्थाले लगानीकर्तामा निराशा बढ्दै गएको भन्दै उनीहरूले नियामक निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो भने धितोपत्र बोर्डले लगानीकर्ताका मागबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध