1st June 2026, Monday
News by: MissionSanchar
बैशाख २ काठमाडौं । निजी विद्यालयहरूले तोकिएकोभन्दा बढी शुल्क लिएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उजुरी व्यवस्थापनका लागि विशेष हेल्पडेस्क सञ्चालनमा ल्याएको छ।
मन्त्रालयअन्तर्गत शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरको संयोजनमा सञ्चालन गरिएको उक्त हेल्पडेस्कमा सर्वसाधारणले सिधै ९८५१२१४६३८ नम्बरमा फोन गरी गुनासो दर्ता गर्न सक्नेछन्। मन्त्रालयले विद्यालयहरूलाई निर्धारित शुल्कभन्दा बढी रकम नलिन स्पष्ट निर्देशन दिँदै, यदि लिइएको प्रमाणित भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ। यस निर्देशनको अवज्ञा गर्ने संस्थाहरूलाई शिक्षा ऐन, २०२८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।उक्त ऐनअनुसार, बढी असुल गरिएको शुल्क फिर्ता गराउनुपर्ने व्यवस्था छ भने २५ हजार रुपैयाँसम्म जरिवाना समेत लाग्न सक्ने प्रावधान रहेको मन्त्रालयले जनाएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध