21st April 2026, Tuesday

ओली र लेखकको म्याद थपसम्बन्धी बहस सम्पन्न, निर्णय तयार हुँदै

Post Image
3 हप्ता अगाडी

News by: MissionSanchar

१५ चैत, काठमाडौं  केपी शर्मा ओली र रमेश लेखकलाई हिरासतमा राख्ने वा नछाड्ने विषयमा जिल्ला अदालत काठमाडौंमा भएको बहस सकिएको छ।

आनन्द श्रेष्ठको इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा लेखकलाई प्रत्यक्ष अदालतमा उपस्थित गराइएको थियो भने ओली भर्चुअल माध्यमबाट सहभागी भएका थिए। उनीहरू दुवैलाई २३ भदौको घटनामा दमन गरेको आरोपमा अनुसन्धानका लागि शनिबार बिहान पक्राउ गरिएको हो।

बहसका क्रममा सरकारी पक्षले थप अनुसन्धानका लागि १० दिनको म्याद आवश्यक रहेको दाबी गरेको थियो। तर प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले थुनामा राख्ने पर्याप्त आधार नभएको उल्लेख गर्दै दुवैलाई रिहा गर्नुपर्ने माग गरेका थिए।

अदालतले अब दुवै पक्षको तर्क सुनेपछि म्याद थपसम्बन्धी निर्णय तयारी अवस्थामा रहेको जनाएको छ।  



No ad available.


No ad available.