30th May 2026, Saturday
News by: MissionSanchar
काठमाडौं, वैशाख १७ । आना इसाबेल जाभियर तीनदिने नेपाल भ्रमणमा रहनुभएकी उपविदेश मन्त्रीले आज शिशिर खनाल सँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ। उहाँ नेपालका परराष्ट्र सचिव अमृत बहादुर राई को निमन्त्रणामा नेपाल आउनुभएको हो।
भेटका क्रममा मन्त्री खनालले सन् २०२६ अप्रिल १ मा आफ्नो पोर्चुगलका समकक्षी पाउलो राङ्गेल सँग भएको टेलिफोन संवाद स्मरण गर्दै पोर्चुगल सरकारले काठमाडौंमा कूटनीतिक नियोग स्थापना गर्ने घोषणा गरेकोमा स्वागत गर्नुभयो। उहाँले उक्त नियोग स्थापना गर्न नेपाल सरकारको पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो। साथै, नेपाली नागरिकका कन्सुलर मामिलाहरू समाधान गर्न पोर्चुगल सरकारले देखाएको सकारात्मक पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो। उपविदेश मन्त्री डा. जाभियरले मन्त्री खनाललाई नेपालका परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
आजै परराष्ट्र सचिव राई र उपविदेश मन्त्री जाभियरबीच द्विपक्षीय बैठक सम्पन्न भएको थियो। बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका विविध पक्षबारे समीक्षा गर्दै दुई देशबीचको सम्बन्धमा पछिल्लो समय आएको सकारात्मक गतिप्रति सन्तोष व्यक्त गरिएकोछ। विशेषगरी सन् २०२६ फेब्रुअरीमा लिस्बन मा सम्पन्न नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्ध थप सुदृढ भएको उल्लेख गरिएकोछ।
दुवै भेटवार्तामा पर्यटन, लगानी, व्यापार तथा श्रम, डिजिटाइजेशन लगायत पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएकोछ। साथै, नयाँ सहकार्यका क्षेत्रहरू पहिचान गर्ने विषयमा पनि छलफल भएको थियो। उपविदेश मन्त्री डा. जाभियर आगामी २०२६ मे १ मा काठमाडौं बाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्त भएलगत्तै नेविसंघ र अखिल (क्रान्तिकारी)ले त्यसको विरोधमा आन्दोलन थाले।
पीएसजीद्वारा रियल म्याड्रिय पराजित
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान
मधेश प्रदेश सभा बैठक अवरुद्ध